काठमाडौं– नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९४ हजार ३०० कायम भएको छ । पहेँलो धातु मंगलबार प्रतितोला ९४ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भइरहेको छ । यसको मूल्य मंगलबार प्रतितोला ९४ हजार ३०० थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २८० तोकिएको महासंघले जनाएको छ । चाँदी सोमबार प्रतितोला एक हजार २९० मा कारोबार भएको थियो ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय