काठमाडौं– नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २१औं साधारणसभाले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

शुभेन्द्र जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन संघले जनाएको हो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेश अग्रवाल, उपाध्यक्षमा मनीष अग्रवाल र अरुण चौधरी, महासचिवमा अर्जुन घिमिरे र सचिवमा सञ्जय लामा निर्विरोध भएका हुन् ।

त्यसैगरी कोषाध्यक्षमा सुष्मा लम्साल र सहकोषाध्यक्षमा केदारनाथ बस्ताकोटी निर्विरोध भएका छन् । संघको सदस्यमा योगेन्द्र कार्की, रमिला श्रेष्ठ, दिलबिक्रम श्रेष्ठ, भोला योञ्जन, सम्यकमान सिंह, डम्बर पराजुली र प्रवीणकुमार थापा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय