काठमाडौं– म्यानमारका सैन्य कू भएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटिएमले समेत काम नगरेको सर्वसाधारणले जानकारी दिएका छन् ।

सेनाले नेताहरूलाई नजरबन्दमा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटिएमले काम नगरेको हुन सक्ने उपभोक्ताको भनाइ छ ।

केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालका सेवा बन्द गरिएको जानकारी दिएका छन् । इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक अरु दर्जनौं क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय