काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँचवटा रुपान्तरणकारी क्षेत्र तोकेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्का दुवै सदनको संयक्त बैठकमा बजेट पेस गर्दै पाँचवटा रुपान्तरणकारी क्षेत्र निर्धारण भएको बताए ।
अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रुपान्तरणकारी क्षेत्रका रुपमा पहिचान गरेको छ ।
सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।









