काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्‍यालीमा गोली प्रहार भएको छ ।

घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको खबर छ । ट्रम्पको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको अनुमान गरिएको छ । अमेरिकी समाचार संस्था सीएनएनले ट्रम्प घाइते भएको र एकजना बन्दुकधारी मारिएको उल्लेख गरेको छ ।

ट्रम्पले आफ्नो दाहिने कानमा गोली लागेको उल्लेख गरेका छन् ।

घटनापछि ट्रम्पले मुस्कुराउँदै आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ । उक्त र्‍यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको बीबीसीले लेखेको छ ।

गोलीको आवाज आएपछि सुरक्षाकर्मीले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए । त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति संकेत गरेका थिए ।

ट्रम्पले आफैंले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ’मा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय