काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफूले लगाएको आरोप पुष्टि हुने कागजात सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा उनले ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’ लेख्दै काठमाडौं–२८ मा निर्माणाधीन काठमाडौं टावर परियोजना सम्बन्धमा महानगरको सहरी व्यवस्थापन विभाग, कानुन तथा मानवअधिकार विभाग र सार्वजनिक निर्माण विभागका प्रमुखहरुले

संयुक्त रुपमा पेस गरेको रायका कागजात सार्वजनिक गरेका छन् ।

उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय