काठमाडौं– माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक तथा सेयर रजिस्ट्रेसनको अनुमति प्राप्त गरेको जनाएको छ । अनुमति प्राप्त भएसँगै कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन, हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्कासन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ ।

साथै कम्पनीले सेयर रजिस्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) यो कम्पनीले धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरी सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले हालसालैसामूहिक लगानी कोषअन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना ‘एमबीएल इक्विटी फन्ड’ पनि सार्वजनिक निष्कासन गरी सम्पूर्ण इकाइ विक्री गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

थप इजाजतहरु प्राप्त भएसँगै अब कम्पनीसँग मर्चेन्ट बैंकले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधा उपलब्ध रहेको बताइएको छ । कम्पनीले अझ सशक्त रुपमा सर्वसाधारण, संस्थागत लगानीकर्ता, तथा अन्य स्टेकहोल्डरलाई भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय