काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

सोमवार सम्पन्न निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको निगमले जनाएको छ । हवाई इन्धनको हकमा आन्तरिकतर्फको प्रतिलिटर ७ रुपैयाँ र अन्तरराष्ट्रियतर्फको काठमाडौंको लागि प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले मूल्य घटाइएको घटाइएको छ ।

पोखरा र भैरहवाको हकमा भने हवाई इन्धन निगमले नाफा नलिई बेच्ने निर्णय गरेको छ ।

पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने यथावत राखिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि पठाएको मूल्यसूचीमा भाउ घटेर आएपछि निगमले पनि मूल्य समायोजन गरेको हो ।

घटेको मूल्य मंगलबार बिहानबाट लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय