काठमाडौं– अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको मूल्य यति धेरै कायम भएको यो पहिलोपटक हो ।
स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा ६ हजार ९०० ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९७० कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन ३ हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









