काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।

बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।

परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेकै दिन प्रधानमन्त्रीले सार्न निर्देशन दिएका छन् । मंगलबार बिहान सम्पन्न बोर्डको बैठकले तोकिएकै तालिका अनुसार परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । बोर्ड सबै संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा १२ कक्षाको सम्पन्न गर्ने तयारीमा थियो ।

प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् । सोही अनुसार बोर्ड बैठकबाट निर्णय गराएर परीक्षा सार्ने तयारी रहेको बुझिएको छ । परीक्षा बोर्डले आजै सूचना निकालेर परीक्षा सरेको जानकारी गराउने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय