काठमाडौं– सुनको मूल्य तोलामा ७ हजार ५०० रुपैयाँ घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य बुधबार घटेर १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पछिल्लो समय सुनको मूल्य बढेर प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय