काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताएकी छिन् ।

थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले भनिन्, ‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले चलाएको हल्ला हुन सक्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा मन्त्री डा राणाले उनी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएको स्पष्ट पारिन् ।

आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको उल्लेख गर्दै मन्त्री डा राणाले बिहीबार नै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गरेको जानकारी दिइन् ।

परराष्ट्रमन्त्री डा राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्किएकी हुन् । यसै सिलसिलामा उनले अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गरेकी थिइन्। सो अवसरमा उनले यी राष्ट्रहरुको साझा चासोका विषयका बारेमा नेपालका तर्फबाट धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय