काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाललाई प्रहरीले पक्रेको छ ।

उनलाई बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेको हो । प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेका बेला चौधरी पक्राउ परेका हुन्।

उनी पक्राउको कारण स्पष्ट छैन । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी चौधरी त्यसमा दोषी ठहर भई जेल सजाय भोगेका व्यक्ति हुन् । राष्ट्रपतिबाट कैद मिनाहा भएपछि २०८० जेठ १५ गते उनी जेलमुक्त भएका थिए । चौधरीलाई आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट परे पनि सुनुवाइ हुन बाँकी नै छ ।

अघिल्लो बिहीबार जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय