काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँ तोकिएको छ ।

बुधबार प्रतितोला सुन १ लाख ९१ हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय