काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४०० रुपैयाँले सस्तिएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ तोकिएको छ ।
बिहीबार सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाामा र चाँदी १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज १ औंस सुन ३ हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय