काठमाडौं– नुवाकोटको सूर्यगढी गाउँपालिका–१ की २८ वर्षीया विमला तामाङको ‘हत्या गरी फरार भएका’ धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त पक्राउ परेका छन् ।

गत चैत २९ गते काठमाडौं महानगरपालिका–२८ स्थित एक गेस्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या पन्तले गरेको प्रहरीको निष्कर्ष छ । हत्यापछि फरार भएका पन्त भारतबाट काठमाडौं फर्कंदै गर्दा काठमाडौंको नागढुंगाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौंको काभ्रेस्थलीमा बस्दै आएका उनीहरु बागबजारको उक्त गेस्टहाउसमा बस्न गएको र पछि तामाङको शव सोही गेस्टहाउसमा फेला परेको प्रहरीको भनाइ छ ।
मंगलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

पन्त पूर्वसैनिक भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय