काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने पुनरावेदन अदालतको आदेश सदर गरेको छ । यो सँगै लामिछाने थुनामै रहने भएका छन् ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले पुनरावेदन अदालत तुलसीपुरको आदेश सदर गरेको हो।

सहकारी ठगीको आरोप लागेका लामिछाने जिल्ला अदालत कपिलवस्तुले गरेको धरौटीको आदेशविरुद्ध पुनरावेदनमा गएका थिए। पुनरावेदन अदालतले उनलाई थुनामै राख्नुपर्ने आदेश दिएको थियो। त्यसपछि लामिछाने सर्वोच्च गएका थिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय