काठमाडौं– सरकारीको कर्मचारीको तलब बढाउने अपेक्षाबीच सरकारले मासिक ५ हजार रुपैयाँका दरले महँगी भत्ता दिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्ने सो जानकारी दिएका हुन् ।
सरकारी कर्मचारीको तलब यसअघि आर्थिक वर्ष २०७९–८० मा २५ प्रतिशतले बढेको थियो ।
महँगी भत्ता बढाउँदा पेन्सन, सञ्चयकोष लगायतमा भार नपर्ने भएकोले सरकारले यो बाटो रोजेको देखिएको छ ।









