काठमाडौं- एयर इन्डियाको २४२ यात्रु बोकेर लन्डन उडेको जहाज धावनमार्ग छाडेलगत्तै दुर्घटनामा परेको छ ।

उक्त जहाज गुजरातको अहमदाबाद विमानस्थल नजिकैको मेघानी नगर इलाकामा बिहीबार दिउँसो दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एआई १७१ नम्बरको उक्त विमान अहमदाबादबाट लन्डनको गेट्विक विमानस्थलको लागि उडेको थियो। पीटीआईले सेयर गरेको भिडियोमा दुर्घटनास्थलबाट बाक्लो धुँवा उडेको देखिन्छ ।

एयर इन्डियाले जहाज दुर्घटनामा परेको पुष्टि गरेको छ ।

यात्रुको अवस्था बारे केही उल्लेख गरिएको छैन। जहाजमा २३० यात्रु, १० जना चालक दलका सदस्य र २ जना पाइलट रहेको बताइएको छ।

प्राप्त समाचार अनुसार लामो यात्रामा निस्केको उक्त जहाजमा ठूलो मात्रामा इन्धन भएकोले दुर्घटनाको क्षति पनि ठूलो हुने आशंका गरिएको छ ।

ठूलो संख्यामा दमकल र उद्दारकर्मी घटनास्थलमा परिचालन गरिएको छ।

आधिकारिक स्रोतका अनुसार जहाजमा १६९ भारतीय, ५३ बेलायती, १ जना क्यानडियन, ७ जना पोर्चुगिज नागरिक छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय