काठमाडौं– विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० र चाँदीमा २५ ले घटेकामा आज सुनको ८०० र चाँदीको ५० रुपैयाँले भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९४ हाजर ७०० रुपैयाँ र सोही परिमाणको चाँदीको मोल २ हजार १५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन १ लाख ९५ हजार ५०० र चाँदी २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ३ हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय