काठमाडौं– कतारले मध्यपूर्वमा भइरहेका घटनाक्रमबीच आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।
इरानले आफ्नो आणविक स्थलहरूमा भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाविरुद्ध बदला लिने चेतावनी दोहोर्याएको बेला कतारले आफ्नो आकास बन्द गरेको हो ।
यसअघि, कतारमा रहेका अमेरिकी र बेलायती दूतावासहरूले आफ्ना नागरिकहरूलाई अर्को सूचना नभएसम्म सुरक्षित स्थानमा रहन सिफारिस गर्दै विज्ञप्ति जारी गरेका थिए। कतारका धेरै विद्यालयहरूलाई पनि भोलिको लागि बन्द गर्न आदेश दिइएको छ।
कतारको यो कदमबाट युरोपेपली मुलुक र अमेरिका आउजाउ गर्ने नेपाली समेत प्रभावित हुने देखिएको छ । युरोप, अमेरिका जाने नेपालीमध्ये बढीजसोले कतारको दोहालाई ट्रान्जिट बनाएर आउजाउ गर्छन् ।









