काठमाडौं– आर्थिक वर्ष २०८२–८३ को बजेटमार्फत जुनसुकै परिमाणको सुनमा लगाइएको विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमाा लगाइएको मूल्य अभिवृद्धिकर (भ्याट) पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ ।

सुनमा प्रस्ताव गरिएको दुई प्रतिशत विलासिता कर र हिरालगायत बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धिकर अव्यावहारिक र उपभोक्तामा समेत गम्भीर असर गर्ने भएकाले पुनरावलोकन गर्न चेम्बरले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले सिंहदरबारमा अर्थमन्त्री पौडेलसमक्ष बजेटमा उल्लिखित विलासिता कर र भ्याट पुनरावलोकनको व्यवस्था वर्तमान आर्थिक अवस्थाको प्रतिकूल हुने बताएको छ ।

सरकारको कर नीतिले नीतिले सुनचाँदी तथा रत्न आभूषणको व्यवसाय नै सञ्चालन गर्न नसकिने र यो क्षेत्रमा लाखांैं जनशक्तिले रोजगारी गुमाउने अवस्था आएकाले सरकारको निर्णय पुनरावलोकन गर्नुपर्ने अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेललाई बताए । चेम्बर पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरेको चेम्बरको विज्ञप्तिमा उल्लेख छ । उनले सरोकारवाला निकायसँग छलफल गरेर समस्या समाधान गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय