काठमाडौं–  आर्थिक वर्ष २०८१–८१ मा नेपालको निर्यात २ खर्ब ७७ अर्ब नाघेको छ । भन्सार विभागले मंगलवार सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको वैदेशिक व्यापार सम्बन्धी तथ्यांक अनुसार सो वर्ष १८ खर्ब ४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ ।

गत आर्थिक वर्षको आयात अघिल्लो वर्षको तुलनामा बढी भए पनि आर्थिक वर्ष २०७८–७९ को तुलनामा कम हो । आर्थिक वर्ष २०७८–७९ मा १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु आयात भएको थियो ।

समग्र वैदेशिक व्यापारको आकार २० खर्ब ८१ अर्ब रूपैयाँ नाघेको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय