काठमाडौं– नेपाल प्रहरी र रोटरी इन्टरनेसनलले संयुक्त रूपमा ५५० बिरुवा रोपेका छन् । नेपाल प्रहरीको विशेष कार्यदल कपन र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरूले वृक्षरोपण गरेका हुन् ।
रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ बौद्ध, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ ग्रिनल्याण्ड, रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ ठमेलसहित को संयुक्त आयोजनामा कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको परिसरमा फलफूलका बिरुवा रोपिएको हो ।
कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली तथा कर्मचारी र रोटरीका असिस्टेन्ट गभर्नरहरू महेन्द्रराज भुसाल, बुद्धिमान श्रेष्ठ, कविता मानन्धरसहित ८ ओटा क्लबका अध्यक्ष तथा सदस्यहरू कार्यक्रममा सहभागी थिए ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले नेपालभरका १६२ रोटरी क्लबमार्फत ५० हजार वृक्षरोपण गर्ने लक्ष्य अनुरूप वृक्षरोपण कार्यक्रम गरिएको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष राजाराम फुयालले जानकारी दिए ।
सो अवसरमा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायतका १६ जातका ५५० बिरुवा रोपिएको अध्यक्ष फुयालको भनाइ छ ।









