बेलायत– गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि पुडासैनी, गोविन्द खरेल र मनिष खत्रीबीच प्रतिस्पर्धा भएको थियो ।

पुडासैनीले १ हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भए । अर्का उम्मेदवार खरेलले ९७७ र खत्रीले ४९६ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले निर्वाचित भएका छन्। सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा राममाया विष्ट थापा निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिए। उनले भने, ‘तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छौं । हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।’ सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय