काठमाडौं- सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका दुई छुट्टाछुट्टै गाडी मंगलबार एकापसमा ठोक्किएका छन्। कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरुका अनुसार दुर्घटना लम्कीमा भएको हो । प्रहरीले पनि दुईजना मन्त्रीका से १ झ ३३० र बा २ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको पुष्टि गरेको छ ।

दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले ठक्करबाट बा२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको बताए । यस्तै से १ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

से१ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र बा२ झ १४१९ मा मन्त्री हिरासिंह सार्की थिए । हिरासिंहको गाडी सुरेन्द्र पालकोभन्दा अगाडि थियो । पछाडिको गाडीले अगाडिकोलाई ठक्कर दिएको हो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय