काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा २०८२ वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । वैशाख ११ गतेदेखि नै परीक्षा हुने गरी तालिका सार्वजनिक भए पनि शिक्षक आन्दोलनका कारण १० दिनपछि २१ गतेबाट परीक्षा सञ्चालन गरिएको थियो ।

बोर्डका अनुसार १५ विद्यार्थीको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको छ भने दुईजनाको चालु खण्ड परीक्षाको सम्पूर्ण विषयको परीक्षाफल रद्द गर्नुका साथै थप एक वर्ष बोर्डले सञ्चालन गर्ने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।

बोर्डका अनुसार प्रकाशित नतिजा http://result.neb.gov.np वा http://neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय