इनरुवा (सुनसरी)– पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुने क्रम जारी छ । यसले गर्दा कोशी ब्यारेजमा खतराको संकेत गर्ने रातो बत्ती बाल्नु परेको छ ।

सोमबार बिहान ६ बजेको मापनअनुसार १ लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा राति १० बजे १ लाख ७९ हजार ७४० क्युसेक पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले ५२ वटा मूल र ४ वटा नहरका ढोकामध्ये १९ वटा खुला गरिएको उनले जानकारी दिए।

कोशी ब्यारेज भएर १ लाख ५० हजार क्युसेक प्रतिसेकेन्डभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

२०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय