काठमाडौं– सरकारले नागढुंगामा तयार भएको सुरुङमार्ग प्रयोग गर्दा सवारी साधनले तिर्नुपर्ने शुल्क तोकेको छ ।

साउन २६ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त शुल्क तोकेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार सरकारले कार, भ्यानलाई काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यसैगरी मिनी बस, ट्रकलाई काठमाडौं आउँदा ११५ र जाँदा ८०, बस–ट्रकलाई काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तथा भारी उपकरणलाई काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय