पाटन (ललितपुर)– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

उनले लामिछानेसँग भेट गरी कारागारको बसाइका बारेमा जानकारी लिनुका साथै बसाइमा भएको असहजता र सहजताका विषयमा समेत चासो राखेको दाहालको सचिवालय सदस्य दिपक भण्डारीले जानकारी दिए ।

थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले भैरहवा कारागारको भन्दा नख्खुमा धेरै राम्रो सेवा सुविधा भएको भन्दै कारागार प्रशासनको प्रशंसा गरेको दाहालको सचिवालय सदस्य भण्डारीले बताए ।

(प्रयोग गरिएको तस्बिर पुरानो हो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय