काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । शनिबार सम्पन्न सेजनको २७औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा भट्टराई, आशा थपलिया र विश्वास रेग्मीबीच प्रतिस्पर्धा भएको थियो । सेजन उपाध्यक्षमा जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा कमलकुमार बस्नेत निर्वाचित भए महासचिवमा बस्नेत र अच्युत पुरीबीच प्रतिस्पर्धा भएको थियो ।

यसैगरी, कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भइन् । कोषाध्यक्षमा ममता थापा र लामिछानेले प्रतिस्पर्धा गरेका थिए । सचिवमा हिमालयन टेलिभिजनका शंकर पण्डित निर्विरोध निर्वाचित भए ।

कार्यसमिति सदस्यमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा र सीमा तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय