काठमाडौं— जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ । यसले सरकार जेन जीको प्रदर्शनसँग आत्तिएको संकेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु घोषणा गरेको छ ।
माइतीघरबाट बानेश्वर, तीनकुने, शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । माइतीघर, बानेश्वर, तीनकुने, शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।









