काठमाडौं– प्रहरीले जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको लुटपाट, आगजनी र सर्वसाधारणमा त्रास सिर्जना हुने क्रियाकलापमा संलग्न व्यक्तिहरुको भिडियो, फोटो र सामाजिक सञ्जालका लिंकहरु पठाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रहरीको यो कदमसँगै आन्दोलनको आवरणमा लुटपाट र आगजनीमा संलग्न व्यक्तिले उन्मुक्ति नपाउने देखिएको छ ।

५० जनाभन्दा बढीको ज्यान जाने गरी भएको सरकारी दमनमा जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री, गृह मन्त्रालयका उच्च अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी लगायत अन्य दोषीलाई समेत हदैसम्मको कारबाही हुनुपर्ने आवाज उठिरहेका बेला प्रहरीले विध्वंसात्मक गतिविधिको फोटो, भिडियो र सामाजिक सञ्जालका लिंकहरु पठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

त्यस्तो विवरण पठाउने व्यक्तिको परिचय गोप्य राखिने पनि प्रहरीले स्पष्ट पारेको छ ।

उक्त दिन व्यक्तिका घर, व्यावसायिक प्रतिष्ठानहरु, सोरुमहरु, ठूला होटल लगायत ऐतिहासिक सरकारी संरचनाहरुमा आगजनी र तोडफोड हुनुका साथै व्यक्तिको ज्यानै जाने गरी कुटपिट भएको थियो ।

भदौ २४ को विनाशलाई २०७२ को महाभूकम्पको विनाशसँग तुलना गरिएको छ । तर उक्त विध्वंशबाट भएको भौतिक क्षतिको मौद्रिक मूल्य निकाल्न भने बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय