काठमाडौं– धितोपत्रको दोस्रो बजार परिसूचक नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि कारोबार बन्द भएको छ।
आज नियमित बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकका कारण २० मिनेटको लागि कारोबार स्थगित भएको थियो। सर्किटपछि ११ बजार २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भयो ।
दोस्रो सर्किट ब्रैकका कारण रोकिएको कारोबार १२ बजेर ३ मिनेटमा खुले पनि त्यसपछिको तीन मिनेटमै नेप्से पुनः १ प्रतिशतले घटेपछि तेस्रो सर्किट लागेर आजको लागि धितोपत्रको कारोबार बन्द भएको हो।









