काठमाडौं– विगतमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकारी मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी सुम्पिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालीन सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको दबाबका कारण केसी जिम्मेवारीबाट हटाइएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई केसी नेतृत्वको टोलीले नै पक्राउ गरेको थियो ।

जसले गर्दा उनलाई तत्कालीन एमाले–कांग्रेस गठबन्धनले सरुवा गरिदिएको थियो । केसी अहिले प्रदेश समन्वय विभागमा छन् ।

केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारी नै संलग्न रहेको खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय