काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम सिफारिस गरेकी छिन् । नयाँ मन्त्रीहरूको शपथ सोमबार हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस भएकी छन्। उनी स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव हुन्। उनले उक्त पदबाट राजीनामा दिइसकेकी छिन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी महाविर पुनलाई दिइएको छ। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।
सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरिएको छ। उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्।
त्यस्तै, कृषिमन्त्रीमा समता फाउन्डेसनका अध्यक्ष मदन परियारको नाम सिफारिस भएको छ।
उद्योग तथा भूमिसुधारमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको नाम सिफारिस भएको छ ।









