काठमाडौं– शुक्रबार रातिको वर्षाका कारण झरेको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन–नागढुंगा खण्डमा पर्ने धादिङको जवाङ खोलामा पहिरो खसेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उक्त पहिरोका कारण राजमार्ग बन्द भएको हो ।

प्रहरी, स्थानीय बासिन्दा र यात्रुको प्रयासमा बाटो खुलाइए पनि फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीको भनाइ छ ।
पानी परिरहेको र पहिरो झर्ने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय