काठमाडौं– प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान बन्द गरिएको छ। शुक्रबार रातिदेखि निरन्तर झरी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशबाट पूर्वी भेगमा शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना औंल्याएको छ ।
लगातारको झरीले जहाजहरु उडाउन र अवतरण गराउन सक्ने अवस्था नभएपछि शनिबार बिहान १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको विमानस्थलले जनाएको छ।
त्यसपछि मौसम हेरेर उडान सुरू गर्ने कि नगर्ने निर्णय हुने जानकारी विमानस्थलले सबै वायुसेवा कम्पनीहरूलाई दिइसकेको विमानस्थल स्रोतले जानकारी दिएको छ।









