काठमाडौं– प्यालेस्टिनी समूह हमासले दुई वर्षअघि इजरायलबाट अपहरण गरी गाजा पुर्याएका बन्धकमध्ये अझै उनीहरुको कब्जामा रहेका व्यक्तिहरु सोमबारसम्म रिहा हुने अपेक्षा गरिएको छ । इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि बन्धक रिहा हुने वातावरण बनेको हो ।

हमासले दुई वर्षअघि इजरायलमा आक्रमण गरी २५१ जनालाई आफैंसँग लगेको थियो । तीमध्ये ४७ जना अझै हमासकै कब्जामा छन् । हमासको कब्जामा रहेका मध्ये २० जना जिवितै रहेको, २६ जना मरिसकेको र दुईजनाको अवस्था अज्ञात रहेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

इजरायल सरकारले हमाससँग रहेकामध्ये २६ जना मारिएको बताएको छ । नेपाली नागरिक बिपिन जोशी र अर्का एकजना तामिर निम्रोडीको अवस्था अनिश्चित रहेको इजरायली सरकारको भनाइ छ । यसअघि इजरायल सरकारले उनीहरुको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरेको थियो ।

जिवितै रहेको ठानिएका बन्धक सबै पुरुष हुन् । बालबालिका, महिला र ५० वर्षभन्दा बढी उमेरका बन्धकहरु यसअघि नै रिहा भइसकेका छन् । मरिसकेको भनिएका २६ जनामा एकजना महिला छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय