काठमाडौं– हमासले सार्वजनिक गरेको पछिल्लो जीवित बन्धकहरुको सूचीमा नेपालका विपिन जोशीको नाम समावेश भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि विपिनको अवस्था अज्ञात रहको बताइएको थियो ।

उनी अर्का एकजना बन्धकको नाम जीवित र मृत दुवै सूचीमा थिएन । त्यसले अन्योल बढाएको थियो ।

इजरायल र प्यालेस्टिनी समूह हमासबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ ।

यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको हो । उक्त सूचीमा जोशीको नाम समेत समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लोपटक टाइम्स अफ इजरायल, एपी जस्ता सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिनको नाम समेत छ ।
शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।

विपिनसँगै जीवित ठानिएकामा बन्धकको सूचीमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, बार कुपर्स्टाइन, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोडी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय