काठमाडौं– प्यालेस्टिनी समूह हमासका सैनिक विभागले आज रिहा हुने २० जना जीवित बन्धकको नाम सार्वजनिक गरेको छ ।

उक्त सूचीमा यसअघि नै वार्ताका क्रममा इजरायललाई दिइएका २० जनाको मात्रै नाम रहेको टाइम्स अफ इजरायलले जनाएको छ । उनीहरु बन्दी आदानप्रदान अन्र्तगत रिहा हुन लागेका हुन् ।

उक्त सूचीमा इजरायली सैनिक तामिर निम्रोडी र नेपाली नागरिक बिपिन जोशीको नाम नभएको प्राप्त समाचारमा उल्लेख छ । मध्यपूर्वको लोकप्रिय समाचार संस्था अल जजिराले पनि हमासले सोमबार बिहान रिहा हुन २० जीवित बन्धकको नामावली सार्वजनिक गरेको जनाएको छ ।

हमासले स्थानीय समय अनुसार सोमबार बिहान ८ बजे बन्धकहरु रेड क्रिसेन्टलाई हस्तान्तरण गर्ने प्राप्त समाचारमा उल्लेख छ ।

इजरायलसँग भएको सम्झौता अन्तर्गत हमासले जीवित र मरिसकेका गरी ४८ बन्धक इजरायललाई हस्तान्तरण गर्दै छ ।

विपिनको अवस्था अज्ञात छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय