काठमाडौं– प्यालेस्टिनी अतिवादी समूह हमासले विपिन जोशीसहित चारजनाको शव आजै हस्तान्तरण गर्ने बताएको छ ।
योसँगै विपिन जीवितै छन् कि भन्ने आशामा सधैंका लागि तुषारापात भएको छ ।
अरब क्षेत्रको लोकप्रिय समाचार च्यानल अल जजिराले सार्वजनिक गरेको समाचार अनुसार हमासले विपिन सहित चार जना मृत बन्धकको शव आजै हस्तान्तरण गर्ने भनेको छ ।
उनीहरुले हस्तान्तरण गर्न लागिएको शव विपिन, गाय इलोउज, सोस्सी सराबी र डानिएल पेरेजको भएको बताएका छन् ।
यसअघि इजरायल सरकार सरकारले सोमवार नै विपिन जीवित रहेको प्रमाण नभेटिएको उनको परिवार लगायत नेपाली दूतावासलाई जानकारी दिएको थियो ।









