काठमाडौं– हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश दिने ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको कम्पनीले जनाएको छ।

उक्त लाभांश कात्तिक ३० गते, आइतबार बस्ने कम्पनीको २५औं वार्षिक साधारणसभा पारित गरे पनि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक २० गते बुकक्लोज गर्ने जानकारी दिएको छ। कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्ने र प्रस्तावित लाभांश प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय