काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
आज सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ र त्यति नै तौलको चाँदी ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन ४ हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।









