काठमाडौं— चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ६८ करोड रुपैयाँ मूल्यको वस्तु आयात भएको तथ्यांक आइतबार भन्सार विभागले सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको ३ महिनामा वस्तु आयातको अंक ३ खर्ब ९० अर्ब रुपैयाँ बराबर थियो ।

विभागका अनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अविधमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ५ खर्ब ४० अर्ब रुपैयाँ नाघेको देखिन्छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा व्यापार घाटा २६.०४ प्रतिशतले बढेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापार घाटा ४ खर्ब २९ अर्ब रुपैयाँ बराबर थियो ।

कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत छ भने आयातको हिस्सा ८६.५४ प्रतिशत रहेको विभागको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय