काठमाडौं– हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डक र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय