काठमाडौं– बिहीबार भैरहवामा भाषण गर्दा गर्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएर प्रिमियम महशुल नतिरेको भन्दै उद्योगहरुको बिजुली काटिदिएको विरोधमा बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए ।

एमाले रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेका अनुसार अस्पतालले गौतमको मृत्यु भएको पुष्टि गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाएका थिए। प्राधिकरणको कदमविरुद्ध श्रमिकहरूलाई एकजुट भएर आन्दोलनमा उत्रिन आह्वान गर्दै भाषण गरिरहेका बेला बेहोस भई ढलेका थिए।

उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको र चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको बताइएको छ ।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय