काठमाडौं- शिवम् सिमेन्ट र हिमाल आइरनले ट्रंकलाइन र डेडिकेटेड फिडरबाट लिएको बिजुलीको बक्यौता महशुलको पहिलो किस्ता बुझाएका छन् ।
ती दुई उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ता बापतको महशुल बुझाएका हुन् । प्राधिकरणले बक्यौता महशुल बक्यौता राख्ने उद्योगलाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ ।
बक्यौताको पहिलो किस्ताबापत शिवमले २ करोड ३८ लाख रुपैयाँ रकम महशुलबापतको किस्ता बुझाएको छ । प्राधिकरणका अनुसार शिवमले ६६ करोड ८९ लाख रुपैयाँ महशुल बुझाउन बाँकी थियो ।
त्यस्तै, हिमाल आइरन उद्योगले पनि गत आइतबार महशुलबापतको किस्ता बुझाएको छ । उद्योगले प्राधिकरणलाई महशुलबापत १३ करोड ६५ लाख तिर्न बाँकी थियो ।









