काठमाडौं– दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एन्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मंगलबार उक्त उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले काटिएको काटेको बिजुली पुनः जोडिदिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।









