काठमाडौं– जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण स्थगित भएको विद्युतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायलसम्बन्धी सम्पूर्ण सेवा आइतवार (भोलि) बाट पुनः सुरु हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले शनिबार सूचना प्रकाशित गरी विद्युतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा आइतवारबाट पुनः सुरु हुने जानकारी दिएको हो ।

कार्यालयको सूचनामा प्राविधिक समस्या आई स्थगित भएको विद्युतीय सवारीचालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा कात्तिक ३० गते आइतवारबाट नियमित सञ्चालन हुने उल्लेख छ ।

सूचनाअनुसार कात्तिक २७ गते स्थगित भएको प्रयोगात्मक (ट्रायल) परीक्षा आइतबार र सोमबार हुनेछ । ए र केको आइतवार तथा बी वर्गको ट्रायल सोमबार हुनेछ । आइतवार हुने भनिएको एफ र जी वर्गको ट्रायल सोही दिन हुने कार्यालयले प्रस्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय